धादिङमा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गंगाजमुनामा २, थाक्रेमा ३, धुनिबेसिमा ६, गल्छीमा १, बेनिघाटमा १, त्रिपुरासुन्दरीमा ९ र धादिंग अस्पतालमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै धादिङ जिल्ला भित्र ४९९ र जिल्ला बाहिर ६४ गरेर धादिङ्गको सक्रिय संक्रमित ५६३ पुगेको छ । संक्रमितहरु जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १९, संस्थागत आइसोलेसनमा २२ र होम आइसोलेसनमा ४५८ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १५ र होम आइसोलेसनमा ४९ रहेका छन् ।

यस्तै बुधबार धादिङको ज्वालामुखीको ८५ बर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै धादिङमा कोरोनाबाट ज्यान गुमाउनेका संख्या ७४ पुगेको छ ।

बुधबार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै बुधबार निलकण्ठमा ४२ र गंगाजमुनामा ३७ गरेर ७९ स्वाब संकलन भएको छ । बुधबार ९२ जनामा एनटीजेन परिक्षण भएकोमा २९ जनामा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

Facebook Comments