धादिङमा शनिबार थप २९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा त्रिपुरासुन्दरीमा ८, खानियाबासमा ३, रुबिभ्यालीमा ७ र धादिङ्ग हस्पिटलमा ११ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिंङमा यो सँगै कोरोना संक्रमितको संख्या ५२८ पुगेको छ । यस्तै शनिबार कोरोना संक्रमणका कारण ज्वालामुखी गाउँपालिकाका ५० वर्षिय पुरुषको मृत्यु भएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ । यस्तै शनिबार कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७ रहेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २२, संस्थागत आइसोलेसनमा १६ र होम आइसोलेसनमा ४९० रहेका छन् ।

शनिबार जिल्लामा स्वाब संकलन भएको छैन । भने ५२ एनटीजेन परिक्षण २९ पोजिटिभ आएको छ ।

Facebook Comments