२०८३ कार्तिक ६, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको सिद्धलेकमा तेस्रो स्व. लोकबहादुर गुरुङ स्मृति कप पुरुष भलिबल प्रतियोगिता हुँदै

धादिङको सिद्धलेकमा तेस्रो स्व. लोकबहादुर गुरुङ स्मृति कप पुरुष भलिबल प्रतियोगिता हुँदै

धादिङको सिद्धलेक गाउँपालिका–२, खिर्रेमा तेस्रो स्वर्गीय लोकबहादुर गुरुङ स्मृति कप–२०८३ खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

तमू युवा समाजको आयोजनामा कात्तिक ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कात्तिक ३ गतेसम्म टिम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क ६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ११ हजार १११ रुपैयाँ, दोस्रो हुने टोलीले ५५ हजार ५५५ रुपैयाँ र तेस्रो हुने टोलीले ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी खेलाडी सम्बन्धित पालिकाको हुनुपर्नेछ। प्रत्येक टोलीमा १२ जना खेलाडी, एक जना टिम कोच र एक जना व्यवस्थापक रहने व्यवस्था गरिएको जिल्ला भलिवल संघ धादिङको निवर्तमान अध्यक्ष तिलक गुरूङ(अमृत) ले जानाकारी दिनुभयो। खेलाडीले नागरिकता वा जन्मदर्ताको फोटोकपी अनिवार्य रूपमा पेस गर्नुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामार्फत स्थानीयस्तरमा भलिबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण युट्युब च्यानल ‘Bibek Gurung’ मार्फत गरिने आयोजकले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल