२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आयस्तर वृद्धि गराउन पाडा वितरण

आयस्तर वृद्धि गराउन पाडा वितरण
सेयर गर्नुहोस्
०सेयर

साना किसान कृषि सहकारी संस्था लिमिटेड सुनौला बजारले आफ्ना शेयर सदस्यहरुलाई पाडा वितरण गरेको छ ।

शेयर सदस्यहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यले बुधबार पाडा वितरण गरेको हो । सहकारीले पाडा पालन घुम्ती कोष स्थापना गरि प्रत्येक वर्ष आफ्ना शेयर सदस्यहरुलाई पाडा वितरण गर्दै आएको साना किसान कृषि सहकारी संस्था लिमिटेड सुनौला बजारका प्रवन्धक भिमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

यो वर्ष साविकको सुनौला बजार गाविसको वडा नम्बर ६, ७ र ४ नम्बर वडाका ५० घरधुरीलाई १० लाखमा ५० ओटा पाडा खरिद गरि वितरण गरेको हो । ७ सय ७८ शेयर सदस्य रहेको सहकारीको ४ करोड लगानी र ६८ लाख कुल पुँजी रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।