
धादिङमा ५० बर्ष देखी फरार प्रतिबादी पक्राउ परेको छ ।
ज्यान मार्ने उद्योगमा १० बर्ष कैद हुने फैसला भई फरार रहेका प्रतिबादी साबिकको चैनपुर गा.वि.स वडा नं ३ बस्ने हुतराज छत्कुलीलाई धादिङ प्रहरीले ५० वर्षपछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पक्राउको विषयमा जानकारी गराएको हो ।
हुतराज छत्कुलीले स्थानीइ टंकनाथ नहर्कीलाई मिति २०२६ साल माघ १० गते खुकुरी प्रहार गरी घाईते बनाएको थियो । प्रतिवादी छत्कुलीलाई यही साउन २७ गते जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं १२ बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि धादिङ जिल्ला अदालत पेश गरेको छ ।
त्यसै गरी फैसला कार्यान्वयनकै शिलसिलामा मिति २०७८।०४।०१ गते देखि हालसम्म निम्न मुद्दाका सजाँय तोकिएका निम्न १० जना प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत प्रहरी ईकाइहरुबाट पक्राउ गरी धादिङ जिल्ला अदालत समक्ष फैसला कार्यान्वयनको लागि पेश गरेको ।
पक्राउ परेकाहरु निम्नानुसार छन् :
१.बैदेशिक रोजगार ठगी मुद्दामा १ बर्ष ६ महिना कैद र १,५०,०००।– (एक लाख पचास हजार रुपैया) जरिवाना सजाय तोकिएको जिल्ला धादिङ निलकण्ठ न.पा. ९ मुरलीभज्याङ बस्ने बर्ष ४२ को हरि बहादुर तामाङलाई मिति २०७८।०४।१६ गते पक्राउ गरिएको ।
२. सवारी ज्यान मुद्दामा २ दिन कैद र रु.२,०००।– (दुई हजार रुपैया) जरिवाना सजाँय तोकिएको जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा.वडा नं.६ बस्ने टंक नारायण श्रेष्ठको छोरा बर्ष ३१ को अनिल श्रेष्ठ र २ महिना २१ दिन कैद र रु.२,०००।– (दुई हजार रुपैया ) जरिवाना सजाँय भएको ऐ.ऐ.बस्ने दिल बहादुर थापाको छोरा बर्ष २६ को अमित थापालाई मिति २०७८।०४।१७ गते र २१ दिन कैद तोकिएका ऐ.वडा नं.४ बस्ने खड्क बहादुर भुजेलको छोरा बर्ष ३५ को प्रकाश भुजेललाई मिति २०७८।०४।१८ गते पक्राऊ गरिएको ।
३. लागु औषध ब्राउन सुगर मुद्दामा रु.२,०००।– (दुई हजार रुपैया) जरिवाना र खैरो हेरोईन मुद्दामा ५ बर्ष ४ महिना २० दिन कैद र रु.५,०००।– (पाँच हजार रुपैया ) जरिवाना तोकिएका जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा.वडा नं. ७ बस्ने भुमिनन्द कोईरालाको छोरा बर्ष ३१ को नारायण कोईरालालाई मिति २०७८।०४।१७ गते पक्राऊ गरिएको ।
४. गाली बेईज्जती मुद्दामा रु. १२५।–(एक सय पच्चिस रुपैया ) जरिवाना तोकिएको जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा.वडा नं.७ बस्ने बर्ष ४५ की मनमाया थापालाई मिति २०७८।०४।१७ गते पक्राऊ गरिएको ।
५. रक्तचन्दन ओसार-पसार मुद्दामा रु. ७०,२१०।– ( सत्तरी हजार दुई सय दश रुपैया ) जरिवाना तोकिएको जिल्ला धादिङ गल्छी गा.पा.वडा नं.७ बस्ने रामलाल श्रेष्ठको छोरा बर्ष ३९ को भाईराजा श्रेष्ठ भन्ने रामराज श्रेष्ठलाई मिति २०७८।०४।१८ गते पक्राऊ गरिएको ।
६. सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद र रु.५०।– (पचास रुपैया) जरिवाना तोकिएको जिल्ला धादिङ ज्वालामुखी गा.पा.वडा नं. ३ बस्ने न्याउरे मगरको छोरा बर्ष २२ को सुमन मगरलाई मिति २०७८।०४।१९ गते पक्राऊ गरिएको ।
७. बहु-बिवाह मुद्दामा ११ महिना १८ दिन कैद र रु.५,०००।– (पाँच हजार रुपैया) जरिवाना तोकिएका जिल्ला धादिङ गल्छी गा.पा.वडा नं.८ गोगनपानी बस्ने बर्ष २८ को कृष्ण बहादुर नेपालीलाई मिति २०७८।०४।२० गते पक्राऊ गरिएको ।