२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मालपोत कार्यालय धादिङको कामकाज ४ घण्टा ठप्प

मालपोत कार्यालय धादिङको कामकाज ४ घण्टा ठप्प
सेयर गर्नुहोस्
०सेयर

मालपोत कार्यालय धादिङको कामकाज मंगलबार करिब ४ घण्टा रोकियो । मालपोत कार्यालयमा कार्यरत कर्मचारी महेन्द्र पोखरेलमाथि दुव्र्यवहार गर्ने व्यक्तिलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरुले बिहान १० बजेदेखि २ बजेसम्म कार्यालयको कामकाज रोकेका थिए ।

यस्तै पोखरेलमाथि भएको दुव्र्यवहारप्रति नेपाल निजामती कर्मचारी युनियन धादिङले दोषीलाई कारबाहीको माग गर्दै आज पनि प्रमुुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका थिए । पोखरेलमाथि दुव्र्यवहार गर्नेलाई कारबाही नगरेसम्म कार्यालयको कामकाज नगर्ने बताएपछि आजै पीडित पोखरेल र पोखरेलमाथि हातपात गर्ने पीडक पक्षबिच छलफल गरिएको थियो ।

छलफलमा पीडकले पोखरेलमाथि गरेको दुव्र्यवहारप्रति माफी मागेकोले यो विषयलाई टुङ्गाउदै दिउँसो २ बजेबाट पुन कार्यालयको कामकाज सुचारु गरिएको मालपोत कार्यालय धादिङका प्रमुख रामकृष्ण तामाङले जानकारी दिनुभयो । २ बजेबाट कार्यालयको कामकाज सुचारु भएपनि बिहान १० बजेदेखि कामको लागि आएका सेवाग्राहीहरु मर्कामा परेका थिए

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।