२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ : १४ जना कोरोना संक्रमणमुक्त, १३ जनामा संक्रमण पुष्टी

कोरोना अपडेट धादिङ : १४ जना कोरोना संक्रमणमुक्त, १३ जनामा संक्रमण पुष्टी
सेयर गर्नुहोस्
०सेयर

धादिङमा मंगलबार थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार निलकण्ठमा ३, गंगाजमुनामा ४, त्रिपुरासुन्दरीमा २, थाक्रेमा २ र धादिङ्ग हस्पिटलमा २ गरि जिल्लामा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

योसँगै जिल्लाको सक्रिय संक्रमितको संख्या १ सय ७६ पुगेको छ । संक्रमितमध्ये हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा १६६ रहेका छन् । मंगलबार ७५ जनामा एनटीजेन परिक्षण गर्दा १० जनामा पोजिटिभ आएको छ । यस्तै १४ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।