नीलकण्ठ बहुमुखी क्याम्पसले संचालन गरेको खुल्ला रक्तदान कार्यक्रममा १ सय जनाले रगतदान गरेका छन् ।
क्याम्पसमा गठित युवा रेडक्रस सर्कलको दोस्रो अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ६३ जना पुरुष र ३७ जना महिला गरि १ सय जनाले रगतदान गरेको रेडक्रस धादिङका उपमन्त्री एवम् स्वयम्सेवी नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै युवा रेडक्रस सर्कलको दोस्रो अधिवेशनले शुक्रबारै कुमार श्रेष्ठको अध्यक्षतामा १ सदस्यिय निलकण्ठ क्याम्पस युवा रेडक्रस सर्कलको पुर्नगठन समेत गरेको छ । सर्कलको उपाध्यक्षमा रोजिना शाक्य, सचिवमा राजन अधिकारी, सहसचिवमा सीता श्रेष्ठ, कोषाध्यक्षमा सबिना पोखरेल र सहकोषाध्यक्षमा रोजन श्रेष्ठलाई चयन गरेको छ ।