
विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको Darjeeling MTB XC Race 2021 प्रतियोगितामा गल्छी गाउँपालिकाका लक्ष्मण मल्लले जित्नुभएको छ । मल्लले भारतको दार्जलिङमा पुगेर धादिङको मात्र नभई देशकै शान उच्च पार्नुभएको छ ।
Green Tea Valley Eco Resort बाट शुरु गरिएको साईकलिङ ४१.७१ कि. मि. दुरी रहेको Tiger Hill Cafe मा गएर अन्त्य गरिएको उक्त दुरी २ घण्टा ४४ मिनेट ७ सेकेन्डमा पार गर्दै मल्ल प्रथम हुनुभएको हो।

त्यसैगरी मल्ललाई पछ्याउदै २ घण्टा ४९ मिनेट ४२ सेकेण्डमा उक्त दुरी पार गरी सुरज राना मगर द्वितीय, ३ घण्टा ३ मिनेट ४६ सेकेन्ड समय लगाएर किरण लिम्बु तृतीय हुनुभएको छ । यस्तै प्रतियोगीतामा चाथो देखी दशौं स्थानमा क्रमश मार्क ब्रेट, फुन्शोक स्यान्ङ्वो, घनश्याम राइ, आकाश चौधरी, दिशान्त क्षेत्री, तेन्जी लोदेन शेर्पा र ताशी फेन्चोक शेर्पा भएका छन्।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा दुवाथोलन खेलबाट प्रतिनिधित्व गर्नुभएका मल्लले नेपाललाई रजत पदक समेत दिलाउनुभएको। देशको लागि खेल्ने खेलाडीहरुलाई सरकारले विश्वास, कदर र हौसला प्रदान गर्न नसक्दा लक्ष्मण मल्ल जस्ता धेरै खेलाडीहरु गुमनाम जस्तै बनेका छन् ।