धादिङमा जारी निषेधाज्ञा कार्तिक ५ गते सम्म लम्बिएको छ । स्वास्थ्य कार्यालय धादिङ, अस्पताल लगायत सरोकारवालाहरुले दिएको सुझावलाई मध्यनजर गर्दै कार्तिक ५ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसाले बताउनुभयो ।

चाडपर्वको बेला नागरिकहरुको भिडभाड बढि हुने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न प्रमुख जिल्ला अधिकारी लंसालले अनुरोध गर्नुभएको छ । पसल, सार्वजनिक यातयात लगायतका क्षेत्रहरुमा बढि नागरिकको भिडभाड हुने भएकाले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ । दंशै तिहार जस्ता चाडबाडको नाममा जमघट, भेला, सभा, समारोह गर्न गराउन नपाईने पनि जिल्ला प्रशासनले निर्णय गरेको छ । सिडियो कृष्ण प्रसाद लंसाल आवाज

स्विमिङ पुल, हाटबजार, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन, ब्यूटिपार्लर बाहेकका होटल र पसल व्यवसायहरु तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि विहान ६ बजेदेखी राती साढे ८ बजे सम्म मात्र खोल्न पाईने निर्णय गरेको छ । अन्य गतिविधिहरु पहिलेकै आधारमा गर्ने/गराउने निर्णय भएको छ ।

कोभिड–१९ को सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित र आकस्मीक अनुगमन गरिने भएकाले निषेधाज्ञाको अवज्ञा भएको पाईएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने पनि प्रशासनले जनाएको छ ।

Facebook Comments