२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एन प्याब्सन धादिङको अध्यक्षमा इश्वरि प्रसाद पान्डे चयन

एन प्याब्सन धादिङको अध्यक्षमा इश्वरि प्रसाद पान्डे चयन
सेयर गर्नुहोस्
०सेयर

रास्ट्रीय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल धादिङ(एन प्याब्सन,धादिङ) जिल्ला कार्यसमितिको सातौ जिल्ला अधिवेशन न्यु किवो बोर्डिङ स्कुलमा सम्पन्न भएको छ ।

एन प्याब्सन धादिङका अध्यक्ष काशिनाथ कोइरालाको अध्यक्षता, रास्ट्रीय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल केन्द्रिय कार्यसमिति का अध्यक्ष रितुराज सापकोटाको प्रमुख अतिथ्यता, केन्द्रिय कार्यसमितिका सल्लाहकार पाण्डब हमालको विशिष्ट आतिथ्यता, रास्ट्रीय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल बागमती प्रदेश कमिटी अध्यक्ष प्रबोध प्रभाकर रिजाल लगायतको आतिथ्यता रहेको थियो ।

सातौ जिल्ला अधिवेशनले इश्वरि प्रसाद पान्डेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा प्रयास रेग्मी, सचिबमा बिजय खतिवडा, कोशाध्यक्षमा सिताराम महत, सदस्यहरुमा जिन कुमारी छत्कुली, सामुयल तामाङ र बलराम सिलवाल चयन हुनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।