२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कात्तिक ११ गतेदेखि धादिङमा हुने क्रिकेट प्रतियोगिताको लागि १४ वटा टिम दर्ता

कात्तिक ११ गतेदेखि धादिङमा हुने क्रिकेट प्रतियोगिताको लागि १४ वटा टिम दर्ता
सेयर गर्नुहोस्
०सेयर

तस्विर : धादिङपोष्ट

कात्तिक ११ गतेदेखि धादिङमा हुने जिल्लास्तरीय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको लागि १४ वटा टिमले नाम दर्ता गराएका छन् ।

धादिङ जिल्ला क्रिकेट संघले मंगलबार पत्रकार सम्मेलन गरि १४ वटा टिमले नाम दर्ता गराएको जानकारी गराएको हो । यस्तै १४ वटा टिमको सहभागितामा हुने क्रिकेटको लागि संघले मंगलबारै खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ५ विशालटास्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा हुदैछ । संघले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार कात्तिक ११ गते प्रतियोगिताको उद्घाटनमा २ सेट खेल खेलाइने भएको छ । प्रतियोगिताको उद्घाटन खेल बिहान १० बजेबाट शुरु हुने बताइएको छ । उद्घाटनमा हाम्रो जनहित युवा समाज र कारु मेमोरियल ट्रस्ट प्रतिस्पर्धा गर्नेछन् ।

सोहि दिन हुने दोस्रो खेलमा धादिङ समाज धादिङ र गजुरी सामुदायिक विकास समाज प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेतालाई नगद ७० हजार र उपविजेतालाई नगद ४० हजारसहित पुरस्कृत गरिने बताइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।