धादिङ जिल्लामै पहिलो पटक मिलन डेन्टल क्लिनिकले डिजिटल एक्सरे मेसिनबाट दाँतको एक्सरे गर्ने भएको छ । सदरमुकाम धादिङवेशीं स्थित एमाले चोकमा संञ्चालित मिलन डेन्टल क्लिनिकले नयाँ सेवा विस्तार गरेको हो ।

धादिङका जनताको दन्त उपचारलाई थप सहज र सरल बनाउने उद्देश्यले डिजिटल एक्सरे सहितको सेवा सुचारु गरिएको क्लिनिकका संञ्चालक एवं डेण्टल हाईजिनिस्ट मिलन बराईलीले बताउनुभयो । २ सय ५० रुपैयाँमा मात्र शुल्कमा एक्स–रे गरिने उहाँले बताउनुभयो ।

विकिरणबाट असर कम गर्ने, चाडो एक्सरे गर्ने, डिजिटल ईन्ट्राओरल एक्सरे गर्ने, उच्च स्तरको एक्स–रे, तुरुन्तै कम्प्यूटरमा हेर्न सकिने, एक्स–रेलाई विरामीको नाममा सुरक्षीत राख्ने सकिने, बालमैत्री तथा न्यून विकिरण हुने डिजिटल एक्स–रेका फाईदाहरु हुन् ।

क्लिनिकमा २४ अ‍ैं घण्टा दन्त चिकित्सक डा.स्मृति श्रेष्ठबाट दन्त उपचार गरिन्छ । मिलन डेन्टल क्लिनिकले जिल्लामै पहिलो पटक अर्थाेडोन्टीक सेवा विस्तार गरिसकेको छ । दाँत बांगोटिंगो भएर अनुहारको बनावट बिग्रेका व्यक्तीहरुको समस्यालाई लक्षित गरि अर्थाेडोन्टीक सेवा विस्तार सुरुवात गरेको क्लिनिकका संञ्चालक एवं डेण्टल हाईजिनिस्ट मिलन बराईलीले बताउनुभयो ।



अर्थाेडोन्टीक सेवा सुरु भएदेखी अहिले सम्म २ हजार भन्दा बढि विरामीहरुले सेवा लिएको पनि उहाँले बताउनुभयो । यस्तै क्लिनिकबाट दाँत सफा गर्ने, दाँत भर्ने, कृतिम दाँत राख्ने, दाँतको जरैदेखी सफा गरेर भर्ने, कृतिम दाँत राख्ने, दाँत सेतो बनाउने, दाँतमा खोल् राख्ने, वाल वच्चाको दाँतको उपचार गर्ने, दाँतको एक्सरे गर्ने लगायत दाँतसम्बन्धी सम्पूर्ण किसिमका उपचारहरु सुपथ मुल्यमा गरिन्छ ।

शारिरिक स्वास्थ्यमा दाँतले पनि धेरै महत्व राख्ने भएकाले हरेक ६/६ महिनामा दाँतको परिक्षण गर्न पनि सम्पूर्ण नागरिकहरुलाई क्लिनिकलेअनुरोध गरेको छ । दाँत बलियो भएमात्र समग्र पेट वा स्वास्थ्य राम्रो हुन्छ। तर दाँत नदुखेसम्म वा समस्या नआउँदासम्म हामीले दाँतको बारेमा खासै ध्यान नदिने भएकाले अनिवार्य दाँतको परिक्षण गर्नुपर्ने दन्त रोग विशेषज्ञहरुले बताउने गरेका छन् ।

Facebook Comments