नेपाल परिवार दल निकट युवा सङ्गठन पिस फोर्सको बागमती प्रदेश संयोजकमा धादिङ जिल्ला निबासी युवा नेता दीपक सापकोटा चयन हुनुभएको छ ।

शनिबार काठमाडौँमा भएको बिशेष भेलाले सापकोटाको नेतृत्वमा उपाध्यक्षद्वय जयराम पौडेल र राजेन्द्र योञ्जन, सचिब राजिब अधिकारी, सह सचिब सुमन खड्का, कोषाध्यक्ष सिर्जना अधिकारी र सह-कोषाध्यक्ष सुर्य बहादुर राय चयन हुनभएको छ ।

सामाजिक अभियानमा क्रियाशील सापकोटा धादिङका लोकप्रिय युवा हुनुहुन्छ । गत निर्बाचनमा वाम गठबन्धन संग चुनाबी गठबन्धन गरेको परिवार दलले धोका पाएपछि आक्रामक शैलीमा देशभरी संगठन बिस्तारमा जुटेको छ।

पिस फोर्सका राष्ट्रिय अध्यक्ष रबिन्द्र चौलागाइले केहि महिना भित्रै पिस फोर्सको उपस्थिति देशको सबै जिल्लामा हुने बताउनुभयो।

Facebook Comments