२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दंशै तिहारको विचमा ५ हजार सवारी कारवाहीमा परे

दंशै तिहारको विचमा ५ हजार सवारी कारवाहीमा परे
सेयर गर्नुहोस्
०सेयर

दंशै–तिहारको विचमा धादिङमा ५ हजार भन्दा बढि सवारी साधन कारवाहीमा परेका छन् ।

असोज महिनामा ३ हजार १ सय ५० र कात्तिक महिनाको सोमबार सम्म १ हजार ९ सय ५० गरि ५ हजार १ सय सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी हवल्दार काशी थापा मगरले जानकारी दिनुभयो । कारवाहीमा पर्ने मध्ये सबै भन्दा धेरै यात्रुवाहक बस र मोटरसाईल रहेका छन् ।

क्षमता भन्दा बढि यात्रु बोक्ने बस बढि कारवाहीमा परेको प्रहरी हवल्दार मगरले बताउनुभयो । यस्तै विना लाईसेन्स, ब्लुबुक मोटरसाईकल चलाउनेलाई पनि कारवाही गरिएको उहाँको भनाई छ ।

कारवाहीमा परेका सवारी साधनबाट ४४ लाख १० हजार रुपैयाँ राजस्व समेत संकलन भएको छ । गत वर्षको दंशै तिहारको तुलनामा यो वर्ष बढि सवारी साधन कारवाहीमा परेको पनि उहाँले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।