२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोभिडविरुद्धको खोप कार्तिक २९ र ३० गते लगाइने

धादिङमा कोभिडविरुद्धको खोप कार्तिक २९ र ३० गते लगाइने
सेयर गर्नुहोस्
०सेयर

धादिङमा कोभिडविरुद्धको एष्ट्राजेनिका, कोभिसिल्ड र भेरोसिल खोपको दास्रो मात्रा कार्तिक २९ र ३० गते लगाइने भएको छ ।

धादिङका विभिन्न उच्च माध्यमिक विद्यालय तथा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी र अन्य नागरिकहरुलाई कोभिडविरुद्धको दोस्रो मात्रा खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाका स्थानिय तहहरुलाई स्वास्थ्य कार्यालय धादिङले आग्रह गरेको छ ।

भदौ ७, ८, ९ र २२ गतेदेखि २७ गतेसम्म एस्ट्रजेनिकाको पहिलो मात्राको खोप लगाएका र १८ बर्षमाथिका नागरिकले कार्तिक ६ र ७ गते भेरोसिल खोपको पहिलो मात्रा लगाइएकाहरुलाई कार्तिक २९ र ३० गते दोस्रो मात्राको खोप दिन लागिएको हो ।

पहिले कुन खोप लगाइएको हो एकिन गर्ने र भेरोसिलको खोपको पहिलो मात्रा दिएको २१ देखि २८ दिनमा र एष्ट्राजेनिकाको पहिलो मात्रा दिएको ८ देखि १२ दिन समयअवधि भएको हुनुपर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।