२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको निलकण्ठ-८ कमेरे नजिक बस दुर्घटना, ११ भन्दा बढि घाईते

धादिङको निलकण्ठ-८ कमेरे नजिक बस दुर्घटना, ११ भन्दा बढि घाईते
सेयर गर्नुहोस्
०सेयर

धादिङको कालुपाण्डेमार्ग अन्र्तरगत निलकण्ठ नगरपालिका वडा नम्बर ८ कमेरे नजिक २ ओट बस ठोक्कीदा ११ जना भन्दा बढि घाईते भएका छन् ।

धादिङवेशींबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाण्डौंबाट धादिङवेशीं तर्फ आउँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस एक आपसमा ठक्कर खाँदा बसमा सवार ११ जना घाईते भएका हुन् ।

अहिले सम्म ११ जना धादिङ अस्पतालमा उपचारको ल्याईएको जानकारी प्राप्त भएको र घाईते थप हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घट्नाको विस्तृत विवरण आउन बाँकि छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।