२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

माओवादी केन्द्र समाजवादीले एमसिसिका विरुद्ध शनिबार विशाल जनासभा गर्दै

माओवादी केन्द्र समाजवादीले एमसिसिका विरुद्ध शनिबार विशाल जनासभा गर्दै
सेयर गर्नुहोस्
०सेयर

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)को विरुद्ध खबरदारी गर्न मंसिर ४ गते अर्थात भोली शनिबार खुलामञ्चमा विशाल आमसभा हुने भएको छ । कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी)ले खुलामञ्चमा विशाल आमसभाको आयोजना गर्न लागेको हो ।

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर राष्ट्रघाती एमसीसी खारेजीको मागको लागि आयोजना गरिएको आमसभाको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको छ । बिहान ११ बजे खुलामञ्चमा उपस्थित् भई एमसीसीको खारेजीको माग गर्न पनि धादिङवासी लगायत सबैलाई आग्रह गरेको छ ।

जनसभामा करिब २० हजार भन्दा बढि जनसंख्याको उपस्थिति हुने आंकलन गरिएको जनसभामा विभिन्न झाकीसहितको उपस्थिति हुने बताईएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।