प्रेस चौतारी धादिङको अधिवेशन २०७८पुस २ गते धादिङवेशी हुने भएको छ ।

प्रेस चौतारीमा धादिङको २०७८ मंसिर ३ गते सम्पन्न जिल्ला भेलाले अधिबेशनको मिति तय गरेको हो । भेलाले जिल्लामा कृयाशिल प्रगतिशिल पत्रकारहरुलाई प्रेस चौतारीमा आवद्ध हुन आग्रह समेत गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष भुमि त्रिपाठी, जिल्ला सदस्य देव त्रिपाठी, प्रचार विभाग प्रमुख राधिका सापकोटा, प्रेस चौतारीका केन्द्रीय अनुशासन आयोग सदस्य केशव अधिकारी, केन्द्रीय सदस्य गायत्री खतिवडा, चौतारीका बागमती प्रदेश सदस्य सिताराम अधिकारीको आतिथ्य र जिल्ला अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा बसेको चौतारी समर्थित पत्रकारहरुको भेलाले अधिबेशनको मिति तय गरेको हो ।

Facebook Comments