धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
शनिबार बिहान ११ बजेदेखी दिउसो २ बजेसम्म मर्मत सुधार गर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।
शुक्रबार प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार धादिङबेसी सबस्टेसन र सल्यानटार सबस्टेसन अन्तरगतका लाईन वितरण भएका स्थानहरु नीलकण्ठ नगरपालिका, सिद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती, गंगाजमुना र आरुघाट गाउँपालिका लगायतका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।