१४ माघ, २०७८
धादिङ – राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य, धादिङ जिल्ला इन्चार्ज एवंम नेकपा एमाले धादिङका जिल्ला कमिटी सदस्य दिपक अतिवडा प्रहरी हिरासतमा रहेको भन्ने सामाचार गलत र भ्रामक रहेको भन्दै राष्ट्रिय युवा संघ धादिङले एक विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा विहिबार गजुरी गाउँपालिका स्थित किराञ्चोक डाडाँगाउँमा स्थानीय नानीराम पराजुलीसँग वादविवाद भएको र सोहि विषयलाइ लिएर इलाका प्रहरी कार्यालय गजुरीले सोधपुछ गरेको कुरालाइ राजनिती र मिडियाबाजी गरेको प्रती निन्दा र भत्र्सना गरेको छ ।
यस्ता तथ्यहिन, गलत र भ्रामक सामाचार संप्रेसण गरि नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालको नाम जोडेर नेताहरुको बदनाम गराउने मिडियाहरुलाइ सत्य, तथ्य समाचार प्रवाह गर्न पनि सचेत गराएको छ । यसका साथै बुधबार साँझ गजुरी गाउँपालिकाका अध्यक्ष एवंम नेकपा एमालेका जिल्ला कमिटी सदस्य राजेन्द्र विक्रम बस्नेत माथी भएको सांङ्घातिक हमलामा संलग्नहरुलाइ छिटो भन्दा छिटो कानुनी कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेको छ ।












