१४ माघ, २०७८
धादिङ – सन् २०२२ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा रहने पुरुष र महिला क्रिकेट खेलाडीको ग्रेडिङ गरेको छ । पुरुष र महिलाबाट १८÷१८ जना खेलाडीलाई ग्रेडिङमा राखिएको हो । पुरुष तर्फ ग्रेड ‘ए’ मा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करन केसी छन् । ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी छन् । ग्रेड ‘सी’ मा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुसन भारी र पवन सर्राफ रहेका छन् ।


महिलातर्फ ग्रेड ‘ए’ मा कपतान रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी परेका छन् । ग्रेड ‘बी’ मा सरीता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योती पाण्डे छन् । ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्मचार्य, ममता चौधरी र विन्दु रावल परेको क्यानले जनाएको छ ।
ग्रेडिङमा नरहे पनि पछिल्लो समय ओमान भ्रमणमा रहेका पुरुष खेलाडीहरु विक्रम सोब, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन स्वरुप एक ÷ एक लाख रुपैयाँ दिने निर्णय भएको क्यानले जनाएको छ । ग्रेडिङमा परेकाहरुलाइ ग्रेड अनुसार क्रमस ५०, ४० र ३० हजार रुपैंया मासिक पारिश्रमिक भुक्तानी गरिने पनि क्यानले जनाएको छ ।