२४ माघ, धादिङ
गत बिहिबार र शुक्रबार परेको पानी र हिमपातका कारण उत्तरी धादिङको केहि ठाउँहरु प्रभावित भएको छ । धादिङको रुवीभ्याली गाउँपालिकाको वडा नम्बर १ र २ को लब्दुङ, पुरु, ठुलोगाउँ, लिङ्जो, कामीगाउ लगाएतका बस्तीहरु प्रभावित भएको हो । त्याहाँका स्थानिय बासिन्दा, पशु, चौंपायहरु हिमपातका कारण समस्यामा परेकाले जिल्ला प्रशासन कार्यालय धादिङ र नेपाल रेडक्रस सोसाईटी धादिङको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयको सहयोगमा त्याहाँका कुल २७५ घर धुरी प्रभावितहरुलाइ राहात स्वरुप त्रिपाल वितरण गरिएको हो ।


नेपाली सेनाको हेलिकप्टर मार्फत त्रिपाल वितरण गर्न नेकपा एकिकृत समाजवादीका नेता गुरु प्रसाद बुर्लाकोटि नेपाल रेडक्रस सोसाइटी धादिङका सचिव दुर्लभ कुमार तामाङ लगाएत अन्य नेताहरु पुगेको थियो । रुविभ्याली गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मेन घलेलाई नेता बुर्लाकोटिले उक्त त्रिपाल हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायण तिमिल्सिनाले अहिले हिमपात प्रभावित नागरिकहरुलाई तत्काल हिमपात तथा हिउँदे झरी र चिसोबाट सुरक्षित हुन ब्लायाङकेट र त्रिपाल दिने सल्लाह भए पनि अन्तिम समयमा त्रिपाल मात्रै वितरण गरिएको जानकारी दिनुभयो ।