मंगोल नेश्नल अर्गनाईजेशन धादिङको जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले धर्मराज तामाङको अध्यक्षतामा ३१ सदस्सिय जिल्ला कार्य समिति चयन भएको छ ।
समितिकोसचिववमा नरेश तामाङ, सहसचिवमा चमन तामाङ, कोषाध्यक्षमा विरबहादुर तामाङ चयन हुनुभएको छ । नव निर्वाचित कार्य समितिका सबैलाई केन्द्रिय सदस्य तथा कार्यलय सचीव रेन्जिन तामाङले बधाई दिनुभएको थियो ।
अधिवेशनको उद्घाटन समरोहलाई सम्बोधन गर्नुहुँदै मंगोल नेश्नल अर्गनाईजेशन नेपालका केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि गणेश चम्लिङ्कोले मङ्गोल नेसनल अर्गनाइजेसन अब आसन्न चुनावको तयारीमा जुट्नुपर्ने बताउनुभयो ।
सम्पूर्ण मंगोलहरुको आफ्नो हक र अधिकारको सुनिश्चितताको लागि सम्पूर्ण मंगोलहरु एकजुट हुनुपर्ने बताउनुभयो ।











