१४ फागुन, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २,२३९ पीसीआर परीक्षणका क्रममा १०१ जना र २,९१३ एन्टीजेन परीक्षणका क्रममा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ५४० संक्रमित निको हुँदा, हालसम्म नेपालमा ९ लाख ५५ हजार ९ सय ९८ जना निको भएका छन् । हाल नेपालमा ८ हजार ८ सय ३९ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।