२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङका तामाङ समुदायले मनाए २८५८ औं सोनाम ल्होछार

धादिङका तामाङ समुदायले मनाए २८५८ औं सोनाम ल्होछार
सेयर गर्नुहोस्
०सेयर

धादिङका तामाङ समुदायले वृहत सांस्कृतिक कार्यक्रमको साथमा विहिबार २८५८ औं सोनाम ल्होछार मनाएका छन् ।

म्हेन्दोमाया कलाकार संघ जिल्ला कार्य समिति धादिङले ताल्हो (बाघ वर्ग) को अवसरमा शुभकामना आदान प्रदान तथा बूहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि ल्होछार पर्व मनाएका हुन् ।

विगतका वर्षहरुमा तामाङ समुदायले माघ महिनामा तामाङ ल्होछार मनाउने गरेको भएपनि यो वर्ष कोरोना कारण माघमा कुनै कार्यक्रम नगरि विहिबार कार्यक्रम गरिएको म्हेन्दो माया कलाकार संघ धादिङले जनाएको छ ।

‘सोनाम ल्होछारलाई राष्ट्रिय पर्वको रुपमा विकास गरौँ’ भन्ने नाराका साथ म्हेन्दोमाया कलाकार संघ धादिङले आयोजना गरेको शुभकामना आदान प्रदान तथा वृहत सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय म्हेन्दोमाया कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा म्हेन्दोमाया कलाकारहरु युवि मङ्ग्रेसा, रमला पाख्रिन, रोसन फ्युुवा, मनमाया वाइबा, आरम्भ तामाङ, डोल्मा मनाङ थेन, आरवि लामा वाङ्देन, फुुर्वा लामा जयबिर तामाङ लगायतका कलाकारहरुले सांस्कृति प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूूर्व कानुुन राज्यमन्त्रि दिलमान पाख्रिनको प्रमुुख अतिथ्य तथा पुर्व पर्यटन राज्य मन्त्रि पर्शुुराम तमाङको विशेष आतिथ्य रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।