२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जनजातीले मनाउने चाडपर्वमा दिईने सार्वजनिक विदा कटौती गरेर सरकारले विभेद ग¥यो :पूर्वमन्त्री पाख्रीन

जनजातीले मनाउने चाडपर्वमा दिईने सार्वजनिक विदा कटौती गरेर सरकारले विभेद ग¥यो :पूर्वमन्त्री पाख्रीन
सेयर गर्नुहोस्
०सेयर

सरकारले आदिवासी जनजातीले मनाउने चाडपर्वमा दिईने सार्वजनिक विदा कटौती गरेर विभेद गरेको पूूर्व कानुुन राज्यमन्त्रि दिलमान पाख्रिनले बताउनुभएको छ ।

कुनै एउटा समुदायले मनाउने चाडपर्वमा विदा दिने तर आदिवासी जनजातीको चाडपर्वमा भने विदा नदिएर सरकारले कसैलाई काखा कसलाई पाखा गरेर विभेदकारी निति लिईएको पूर्वमन्त्री पाख्रीनको भनाई थियो ।

म्हेन्दोमाया कलाकार संघ धादिङले विहिबार धादिङवेशींमा आयोजना गरेको ल्होछार विशेष शुभकामना आदान प्रदान एवं वृहत सांस्कृतिक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आगामी वैशाख १ गतेदेखी नेपाली पात्रोमा विभिन्न समुदायले मनाउने सबे चाडपर्वमा सार्वजनिक विदा भनेर रातो अक्षरमा आउनुपर्ने बताउनुभयो ।
यस्तै पूर्वमन्त्री पाख्रीनले आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा सदैव लाग्नुपर्ने बताउनुभयो । नेपालीको गौरवसँग सम्बन्धीत भएकाले यस्ता भाषा धर्म संस्कृति परम्परालाई जगेर्ना गर्न सरकारको पनि उत्तिकै दायित्व हुने उहाँको भनाई थियो ।
धादिङका तामाङ समुदायले वृहत सांस्कृतिक कार्यक्रमको साथमा विहिबार २८५८ औं सोनाम ल्होछार मनाएका छन् । विगतका वर्षहरुमा तामाङ समुदायले माघ महिनामा तामाङ ल्होछार मनाउने गरेको भएपनि यो वर्ष कोरोना कारण माघमा कुनै कार्यक्रम नगरि विहिबार कार्यक्रम गरिएको म्हेन्दो माया कलाकार संघ धादिङले जनाएको छ ।

कार्यक्रममा म्हेन्दोमाया कलाकारहरु युवि मङ्ग्रेसा, रमला पाख्रिन, रोसन फ्युुवा, मनमाया वाइबा, आरम्भ तामाङ, डोल्मा मनाङ थेन, आरवि लामा वाङ्देन, फुुर्वा लामा जयबिर तामाङ लगायतका कलाकारहरुले सांस्कृति प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा पूूर्व कानुुन राज्यमन्त्रि दिलमान पाख्रिनको प्रमुुख अतिथ्य तथा पुर्व पर्यटन राज्य मन्त्रि पर्शुुराम तमाङको विशेष आतिथ्य रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।