२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

'धादिङपोष्ट' का प्रधानसम्पादक नारायण सिलवाल सम्मानित

'धादिङपोष्ट' का प्रधानसम्पादक नारायण सिलवाल सम्मानित
सेयर गर्नुहोस्
०सेयर

धादिङवेशींबाट संञ्चालित धादिङपोष्ट डटकमका प्रधान सम्पादक नारायण सिलवाल तु खबर अनलाइन पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत हुनुभएको छ ।

मकवानपुरबाट तु खबर डटकम संचालन गरि रहेको स्टेट भिजन प्रा. लि. ले धादिङपोष्टका प्रधान सम्पादक एवम् राष्ट्रिय फोटो पत्रकार समुह बागमती प्रदेशका अध्यक्ष सिलवाल सहित ६ जनालाई पुस्कार सहित सम्मान गरेको हो ।

तु खबर डटकमको ५ औँ वार्षिक उत्सवको अवसरमा धादिङपोष्टका सिलवाल सहित अन्य ५ जना पत्रकार र एक जना छापाखानामा कार्यरत कर्मचारीलाई स्टेट भिजनले शनिबार एक औपचारिक कार्यक्रमका बीच पुरस्कृत गरेको हो । प्रधान सम्पादक सिलवाललाई नगद १० हजार १ रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरेको हो ।

पुरस्कार सहित सम्मानित हुनेमा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानी दैनिकका सम्पादक ध्रुव लम्साल, नेपाल समाचारका रोशन पराजुली, रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज), धादिङपोष्ट डटकमका प्रधान सम्पादक नारायण सिलवाल र विभिन्न छापाखानामा पत्रपत्रिका छपाईको काम गर्दै आएका सोमबहादुर विष्ट रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।