२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एक बुथ, सय युथ सहित स्थानीय चुनावमा लाग्न अध्यक्ष पौडेलको निर्देशन (फोटो फिचर)

एक बुथ, सय युथ सहित स्थानीय चुनावमा लाग्न अध्यक्ष पौडेलको निर्देशन (फोटो फिचर)

१९ चैत्र, २०७८
धादिङ – राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले आगामी स्थानीय तहको चुनावमा नेकपा एमालेका उम्मेद्धारलाइ विजयी गराउन एक बुथ, सय युथ सहित स्थानीय चुनवमा लाग्न युवा संघ धादिङलाइ निर्देशन दिनुभएको छ । पार्टीको उम्मेद्धावरलाइ जिताउने दायित्व युवा संघको रहेको भन्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

राष्ट्रिय युवा संघ नेपाल धादिङको आठौं जिल्ला अधिवेशनको प्रमुख अतिथीको रुपमा आउनुभएका अध्यक्ष पौडेलले आफ्नो सम्बोधनको क्रममा यस्तो बताउनुभएको हो । पार्टी र नेतृत्वको लागि युवा संघले विगत लामो समयदेखि अग्रपंतिमा रहेर पहरेदारी गर्दै आजको अवस्था सम्म आएको हुँदा आगामी दिनमा अझ सशक्क्त भएर लाग्न सबै युवाहरुलाइ निर्देशन दिनुभयो ।

एक बुथ, सय युथको योजना बनाएर आसन्न स्थानीय चुनावको तयारीमा लाग्न पनि निर्देशन गर्नुभएको छ । नेता पौडेलले आगामी स्थानीय चुनाव पछि, स्वार्थीहरुको बिचमा बनेको पाँचदलिय गठबन्धनलाइ हराएर एकल बहुमत सहित नेकपा एमालेले स्थानीय सरकार संचालन गर्ने बताउनुभयो ।

पाँचदलिय गठबन्धन बनाएर जाँने निर्णय गरेका गठबन्धन दलका नेताहरु अझै पनि नेकपा एमालेको संगठन, शक्ति र जनलहर देखेर तिलमिलाउन थालेको पनि बताउनुभयो । आसन्न स्थानीय चुनावमा नेपाली कांग्रेसका मतदाताले माओवादी लगायतका अन्य दलका उम्मेद्धारलाइ भोट नहाल्ने र नेकपा एमालेका उम्मेद्धारलाइ भोट दिएर जिताउने पनि बताउनुभयो ।

सम्बोधनका क्रममा राष्ट्रिय युवा संघ नेपाल धादिङको आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा एक सशक्त र जुझारु नेतृत्व सहितको जिल्ला समिति निर्माण गर्न पनि निर्देशन दिनुभएको छ ।

कार्यक्रमका विशेष अतिथी एवं नेकपा एमालेका अध्यक्ष भूमी त्रिपाठीले आसन्न स्थानीय तहको चुनावको तयारीका साथै पार्टीको उम्मेद्धारलाइ जिताउने गरी आ–आफ्नो स्थानमा मिहिन ढंगले लाग्न सम्पूर्ण युवाहरुलाइ अनुरोध गर्नुभएको छ । पाँचदलिय गठबन्धनलाइ हराउन सकिन्छ तपाइहरु उच्च मनोबलका साथ लाग्न, भन्दै पाँच दलिय स्वार्थी समूह नेकपा एमाले प्रति देशै भरिका नेपाली जनताहरुको जनलहर देखेर निद हराम भएको पनि बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
दोलख गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।