२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा म्यादी प्रहरीको तालिम भोलीदेखी

धादिङमा म्यादी प्रहरीको तालिम भोलीदेखी
सेयर गर्नुहोस्
०सेयर

धादिङमा म्यादी प्रहरीमा छनोट भएकाहरुको तालिम भोली सोमबारदेखि संञ्चालन हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार एक सूचना प्रकाशित गर्दै तालिम संञ्चालन सम्बन्धी जानकारी गराएको हो । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागि धादिङमा १४ सय १५ जना म्यादी प्रहरीमा छनोट भएका छन् ।

भोली सोमबार विहान ८ बजेदेखि सुरु हुने तालिममा पुरुषहरुले ट्रयाक सुट र जुत्ता तथा महिलाहरुले संम्भव भए ट्रयाक सुट र जुत्ता नभए कुर्था सलवार र जुत्तामा उपस्थित हुन जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तालिम आगामी वैशाख ७ गते सम्म संञ्चालन हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।