
भोली बुधबार धादिङको विभिन्न स्थानमा विद्युत सेवा आपूर्ती बन्द हुने भएको छ ।
सल्यान्टार सबस्टेशनबाट चैनपुर तर्फ गएको ११ के.भी प्रशारण लाईन मार्फत मर्मत सुधार गर्न तथा लाईन नजिक रहेका रुखका हाँगाबिगा काट्नु पर्ने भएकाले भोली विहान ९ बजेदेखि साँझ ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।
भोली बुधबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको माझगाउँ, खोलसी, रानीपौवा, बुट्टार साथै ज्वालामुखी गाउँपालिको चैनपुर, रामपुर, देउराली, खरी, हुलाक भञ्ज्याङ, ढोला र मैदी लगायत आसपासका स्थानहरुमा विद्युत आपुर्ती बन्द हुनेछ ।