४ जेठ, २०७९
धादिङ – नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसको वडा अध्यक्षमा राजन बराईली विजयी भएको छ । यहि बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १ हजार एक सय ८८ मत प्राप्त गरी बराईली विजयी भएको हो । त्यसैगरि नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार एवं निकटत्तम प्रतिद्धन्दी नविन धमलाले १ हजार ३४ मत प्राप्त गरेको छ । कुल ३ हजार तीनसय ९५ मतदाता रहेको यस वडामा जम्मा २ हजार तीनसय ८९ मत खसेको थियो । त्यसैगरि वडा सदस्यहरुमा नेपाली कांग्रेसकै छनुमाया गुरुङ, भद्रबहादुर गुरुङ, सुनिल थापा मगर र कविता परियार विजयी भएका छन् । नयाँ निर्वाचित जनप्रतिनिधीहरुको कार्यकाल आगामी पाँचवर्षसम्म कायम रहनेछ ।












