धादिङमा अहिले सम्म १० ओटा पालिका र ९६ ओटा वडाको मतपरिणाम सार्वजनिक भईसकेको छ । भने केहि स्थानीय तहरुको मतपरिणाम आउने क्रम जारी रहेको छ । धादिङको खनियाँबास गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङ र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सेक्केमान तामाङ विजयी हुनुभएको हो । गाउँपालिका अध्यक्षमा विजयी रणबहादुरले १ हजार ६०९ मत ल्याइ विजयी हुनुभएको हो । रणबहादुर तामाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा विजयी हुनुभएको थियो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङले १ हजार ३९६ मत ल्याउनुभएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङले १ हजार ८२७ मत ल्याइ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मरियम तामाङले १ हजार २२७ मत प्राप्त गर्नुभएको छ । यस्तै उत्तरी धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ विजयी हुनुभएको छ । उहाँले २ हजार ७९२ मत प्राप्त गरका छन् । उहाँका निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले २ हजार ५९७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी हुनुभएको छ । उहाँले २ हजार ९०३ मत प्राप्त गरे भने उहाँका निकटतम प्रतिद्धन्द्धि राप्रपाका उम्मेदवार धनकुमारी तामाङले २ हजार १३२ मत प्राप्त गरेका छन् । राप्रपाको गढ मानिने रुविभ्यालीमा यसपटक गठबन्धन दलहरु विजयी भएका हुन् ।

यस्तै नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा मेघनाथ रिजालले दुइ हजार पाँच सय ४२ मत ल्याइ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रका उर्मिला तामाङ गुरुङले एक हजार छ सय ८३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सितामायाँ गुरुङले दुइ हजार सात सय ८६ मत ल्याइ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेकी विना कुमारी मम्बाले एक हजार छ सय ३३ मत प्राप्त गर्नुभएको छ । यस्तै धादिङको गजुरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश लाल श्रेष्ठले ६ हजार ३ सय ०८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतले ४ हजार ५१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार शर्मिला विसुराल विजयी हुनुभएको छ । उहाँले ५ हजार ६ सय ९९ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेकी भगवती खतिवडाले ३ हजार ५ सय ९२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै धुनिवेशी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा आठ हजार सात सय ६ मत प्राप्त गरी एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेले रामराजा पाण्डेले ६ हजार पाँच सय ९२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उप मेयरमा नेपाली काँग्रेसका उम्मेदवार सुरज उप्रेतीले आठ हजार तिन सय ८७ मत ल्याइ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार चार सय ७० मत प्राप्त गर्नुभएको छ ।
यस्तै गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदारनाथ खतिवडा र उपाध्यक्षमा कांग्रेसका भाइकाजी तिवारी विजयी भएका छन् । अध्यक्षमा श्रेष्ठले ७ हजार ३ सय ९ मत प्राप्त गर्नुभयोे भने उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७ हजार ५७ मत प्राप्त गर्नुभयो। उपाध्यक्षमा भने गठबन्धनबाट कांग्रेसका तिवारी ७ हजार ४ सय ९४ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राधा लामिछानेले ७ हजार ४८ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठ र लामिछाने २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । यस पटक भने दुवै जनाले पराजय भोग्नु परेको छ । गाउँपालिकामा तीन दलीय गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा थियो ।
यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया (विवेक) विजयी हुनुभएको छ । थपलियाले ७ हजार ६ सय ८० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवप्रसाद त्रिपाठीले ५ हजार ७२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार टापबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ५ हजार ९ सय १ मत प्राप्त गर्नुभयोे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हिरादेवी रेग्मीले ४ हजार ६ सय ६७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका यमनाथ दनै विजयी हुनुभएको छ । उहाँले ८ हजार ३४ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका हरिराम लोहनीले पाँच हजार चार सय ९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा एकीकृत समाजवादीका धर्मबहादुर अर्यालले ६ हजार चार सय ४५ मत ल्याइ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेकी चन्द्र कुमारी अधिकारीले चार हजार सात सय ७१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै गंगाजमुना गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फ नेपाली कांग्रेसका भक्त लामा ६ हजार दुइ सय ६२ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी हुनुभएको छ । भने उपाध्यक्षमा गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका रामेश्वर सिंखडा ५ हजार ३८ मत ल्याई विजयी हुनुभएको छ । अध्यक्ष लामाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भक्तबहादुर लामिछानेले ४ हजार ५० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष सिंखडाका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेकी एञ्जीला तामाङले ४ हजार १ सय ९६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सिद्धलेक गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फका नेपाली कांग्रेसका परशुराम खतिवडा ७ हजार ९ सय ५६ मतले विजयी हुनुभएको छ । यस्तै उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका सविता अर्याल ७ हजार ३ सय ६२ मतले विजयी हुनुभएको छ । खतिवडाका निकटतम प्रतिद्धन्द्धी प्रेमनाथ सिलवालले ६ हजार १ सय ७१ मत प्राप्त गर्नुभयो । यस्ते उपाध्यक्षकी सविता अर्यालकी निकटतम प्रतिद्धन्द्धी कमला शर्माले ६ हजार २ सय १२ मत प्राप्त गर्नुभयो ।