जिल्ला प्रहरी कार्यालय धादिङले म्यादी प्रहरीलाई बिदाई गरेको छ । कार्यलयले एक कार्यक्रमको आयोजना गरि म्यादी प्रहरीलाई प्रमाण पत्रको साथमा विदाई गरेको हो ।
तोकिएको कार्य क्षेत्रमा नेपाल प्रहरीको साथमा खटिई निर्चाचन कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन गर्न सहयोग पु¥याउन अहम भुमिका खेलेको भन्दै म्यादी प्रहरीलाई स–धन्यावाद बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक राकेश सिंहले म्यादी प्रहरीलाई प्रमाण पत्र बितरण गर्नुभएको हो ।
निर्वाचन सम्पन्न गर्नको लागि २०७८ चैत २८ गते जिल्ला प्रहरी कार्यालय धादिङबाट १४ सय १५ जनाले नियुक्ती लिई जिल्लाका विभिन्न ठाउँमा खटिएका थिए ।
तस्विर : जिल्ला प्रहरी कार्यालय धादिङ

















