२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आगलागीमा परि शिखर ईन्स्योरेन्समा कार्यरत एक कर्मचारीको मृत्यु

आगलागीमा परि शिखर ईन्स्योरेन्समा कार्यरत एक कर्मचारीको मृत्यु

भरतपुरस्थित शिखर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा करेन्ट सर्ट भई आगोलागी हुँदा एक जना कर्मचारीको निधन भएको छ भने एक जना घाइते भएका छन् । घट्नामा शिखर ईन्सुरेन्स कम्पनी कार्यरत कर्मचारीको मृत्यु भएको हो । भरतपुर– १० कटहर चोक बस्ने ३५ वर्षीय सकुन्तला पौडेल सुवेदीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार दिउँसो सवा १ बजे भरतपुर १० बालमन्दिर रोडस्थित मोडको घरको तेश्रो तल्लामा सञ्चालन रहेको बीमा कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सर्ट भई आगोलागी हुँदा पौडेलको निधन भएको हो । भने अर्का कर्मचारी तरुण थापा घाइते भएका छन् ।

उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा पौडेलको मृत्यु भएको छ । घाइते थापाको उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।

पौडेल आठ वर्षदेखि शिखर इन्स्योरेन्स कम्पनीमा कार्यरत थिईन् । आज भएको दुर्घटनामा कम्पनीले मेहनती कर्मचारी गुमाउनु परेको छ । घट्नामा थुप्रै कागजातहरु जले नष्ट भएका छन् । Beemapost.com

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।