२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको १३ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले सथप लिए

धादिङको १३ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले सथप लिए
सेयर गर्नुहोस्
०सेयर

धादिङको १३ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले सोमबार सथप लिएका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जिल्लाको १३ वटै पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

धादिङको १३ वटा स्थानीयतह मध्ये २ वटा नगरपालिका र ११ वटा गाउँपालिका छ । सपथ ग्रहण लिएपश्चात प्रमुखहरुले पालिकालाई समृद्ध बनाउनुको साथै विकास निर्माण र सामाजिक न्यायको कामलाई सँगसँगै अघि बढाउने बताएका छन् ।

साथै सुशासन कायम राख्दै भ्रष्ट्राचार र बेथितिहरु न्यूनीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । धादिङमा नेपाली कांग्रेसले ७, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकिकृत समाजवादीले १ वटा पालिका प्रमुख जितेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।