धादिङमा २१ सय भन्दा बढि मत सम्पूर्ण रुपमा बदर भएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा २१ सय ७३ मत पूर्ण रुपमा बदर भएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ । १३ स्थानीय तह रहेको धादिङमा २ लाख ६८ हजार ४ सय ७२ कुल मतदाता संख्या रहेको छ । धादिङमा कूल मतदाता मध्ये १ लाख ९० हजार ६ सय ८९ मत खसेको थियो ।
मतदाता शिक्षा कमिका कारण बदर मतको संख्या बढेको निर्वाचन कार्यलय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।











