सरकारले ६८ वर्ष पूरा भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) प्रदान गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा त्यस्तो व्यवस्था गरिएको हो । हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले मात्र सामाजिक सुरक्षाभत्ता पाउँदै आएका छन् ।
सरकारले वृद्धभत्ता लिन नचाहने नागरिकले स्वघोषणा गर्न सक्ने र त्यस्ता नागरिकलाई सम्मान गर्ने व्यवस्था पनि गरेको छ ।











