२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आइपिएल २०२२ को उपाधि नवप्रवेशी टिम गुजरात टाइटन्सलाई

आइपिएल २०२२ को उपाधि नवप्रवेशी टिम गुजरात टाइटन्सलाई
सेयर गर्नुहोस्
०सेयर

नवप्रवेशी टिम गुजरात टाइटन्सले आइपिएल २०२२ को उपाधि जितेको छ।

आइतबार अहमदावादमा भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात पहिलो सहभागितामै च्याम्पियन बनेको हो।

यहीँ सिजनदेखि आइपिएलमा प्रतिस्पर्धा गर्न थालेको गुजरात १४ वर्षपछि च्याम्पियन बन्ने राजस्थानको लक्ष्य बाधक बन्यो। राजस्थान पछिल्लो पटक सन् २००८ को पहिलो सिजनमा च्याम्पियन बनेको थियो।

आइतबार ७ विकेटको सहज जित निकाल्ने क्रममा राजस्थानले दिएको १३१ रनको सामान्य लक्ष्य गुजरातले ११ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन जोडेको थियो।

जितसँगै गुजरातले २० करोड भारू पुरस्कार पाएको छ। उपविजेता राजस्थानले १३ करोड भारू प्राप्त गरेको छ।

त्यस्तै, तेस्रो भएको रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले ७ करोड भारू पाएको छ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।