धादिङ उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारी हरुले पदभार ग्रहण गरेका छन् । २०७८ चैत १० गतेदेखि १४ गतेसम्म चलेको अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिले बुधबार पदभार ग्रहण गरेका हुन् ।
बुधवार एक कार्यक्रमका वीच पुरानो कार्यसमितिले गत चैतमा निर्वाचित भएर आएको टोलीलाइ जिम्मेवारी सुम्पिएको हो । पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष रुद्रबहादुर खत्रीले नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद थपलियालाई निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै बुधबारै बसेको जिल्ला समितिको पुर्ण वैठकले महासचिवमा तिलक सिंखडालाई चयन छ । संघको बरिष्ठ उपाध्यक्ष भने अधिवेशन सकिएको दिन नै चयन गरिएको थियो ।











