२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इटालीलाई हराउँदै अर्जेन्टिना फाइनलसिमाको च्याम्पियन

इटालीलाई हराउँदै अर्जेन्टिना फाइनलसिमाको च्याम्पियन

लियोनल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले कोपा अमेरिका विजेता अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई वेम्बलीमा बुधबार राति ३–० ले पराजित गर्दै फाइनलमा २०२२ जितेको छ ।

अतुलनीय मेसीबाट प्रभावित अर्जेन्टिनाले पहिलो हाफमा दुई गोल गरेको थियो ।

यी गोल लउटारो मार्टिनेज र एन्जेडल डि मारियाको नाममा रहे । पउलो डेबालाले अर्जेन्टिनाका लागि तेस्रो गोल थपे । पेरिस सेन्ट जर्मेन (पीएसजी) का ३४ वर्षीय मेसीले खेलमा सबैको मन जित्ने प्रदर्शन गरे र आफूलाई फेरि एकपल्ट विश्व फुटबलकै उत्कृष्ट खेलाडी साबित गरे ।

अर्जेन्टिनाले कोपा अमेरिका २०२१ मा ब्राजिललाई हराएर उपाधि जितेको थियो र यस वर्ष कतारमा हुने विश्वकपका लागि पनि छनोट भइसकेको छ । अर्जेन्टिनाले २८ वर्षको पर्खाइपछि कोपा अमेरिका जितेको थियो । अहिले ३२ खेलको अपराजित यात्राबाट गुज्रिरहेको अर्जेन्टिना विश्वकप उपाधिका लागि पनि बलियो प्रत्यासी बनेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।