सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको हो ।
पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर आइतवारको बिदाका कारण सरकारी कामकाज भद्रगोल भएको र अपेक्षाअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।











