२३ जेठ, २०७९
लामो समयदेखि रुस–युक्रेन युद्ध जारी छ । यस युद्धकै बीचम अमेरीका र जर्मनीले युक्रेनलाइ पुनः सैन्य सहायता प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । सहायता प्याकेजमा अमेरिकाले एम–१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (एचआईएमएआरएस), हेलिकप्टर, ट्याङ्कविरुद्ध प्रयोग गरिने अस्त्रहरू, रणनीतिक सवारीसाधन र स्पेयर पार्ट्स पनि समावेश छन् । त्यसै गरी रुसी हवाई आक्रमणबाट युक्रेनको पूरै शहरलाई सुरक्षित राख्नको निम्ति जर्मनीले आफ्नो सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली आइरिस–टी पठाउने जनाएको छ ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने यदि पश्चिमा देशहरूले युक्रेनलाइ लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू पठाएमा आफूले युक्रेनमा आक्रमणको रणनीति परिवर्तन गर्ने बताएका छन् । युक्रेनको राजधानी किएभमा आइतबार धेरै दिनपछि केही भागहरूमा हवाई हमला सहित विस्फोटका घटनाहरु भएको छ । रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ, तर युक्रेनले भने रुसले रेलवेय मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ । युद्धकै अर्को घटनामा डोन्बास क्षेत्रको लडाइँमा एक रूसी जेनेरल मारिएका छन् । पछिल्लो समय रुसले आफ्ना सैनिकहरूलाई डोन्बास क्षेत्रमा केन्द्रित गराएको थियो । रुसले डोन्बासको पूर्वी क्षेत्र नियन्त्रणमा लिइरहेका बेला पश्चिमा देशले किएभमा थप शक्तिशाली र आधुनिक अस्त्रहरु पठाउने बताएका छन् ।

आईतबार एक रुसी टेलिभिजन अन्र्तवार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले युक्रेनमा अतिरिक्त अस्त्रहरुको आपूर्ति गरी लामो समयसम्म सशस्त्र द्वन्द्वलाई लम्ब्याउन चाहेको बताएको छ । यता युक्रेनी उपरक्षामन्त्रीले भने रुसलाई हराउनका लागि अस्त्रहरूको निरन्तर आपूर्ति जारी राख्न पश्चिमी देशहरूलाई आग्रह गरेकी छन् । लामो समयदेखि जारी रुस, युक्रेन युद्धमा धेरै धन, जनको क्षति भएको छ ।  स्रोत- BBC Nepali News

Facebook Comments