धादिङवेशींमा आज बुधबार विपद पूर्व तयारी र प्रतिकार्यको लागि पूर्व अभ्यास गरिएको छ ।
सदरमुकाम धादिङवेशी स्थित रहेको शिवदल गण सुरक्षा गुल्म, शिवदल गण गजुरी व्यारेक‚ जिल्ला प्रहरी कार्यालय धादिङ‚ सशस्त्र प्रहरी बल नेपाल‚ आश्रित गुल्म धादिङवेशी‚ जिल्ला स्काउट कार्यालय धादिङ र NCC Alumni Association Nepal का प्रतिनिधीहरुको संयुक्त उपस्थितीमा मनसुनको समयमा हुन सक्ने पहिरो सम्बन्धि विपद पुर्व तयारी र प्रतिकार्यको लागि अभ्यास तथा डेमोष्ट्रेसन गरिएको हो ।
राहत तथा उद्धार, स्रोत साधानको प्रयोग लगायतका विषयमा अभ्यास गरिएको थियो ।
फोटोमा हेर्नुहोस् :
तस्विर : जिल्ला प्रहरी कार्यलय धादिङ
















