२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

फिल्म ‘बाबरी’को शीर्ष गीत सार्वजनिक(भिडियो)

फिल्म ‘बाबरी’को शीर्ष गीत सार्वजनिक(भिडियो)
सेयर गर्नुहोस्
०सेयर

अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को शीर्ष गीत सार्वजनिक भएको छ। 'बाबरी रंग' बोलको गीतमा अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको छ l गीतमा शब्द तथा संगीत अनमोल गुरुङको छ। रोमान्टिक गीतमा अदिती बुढाथोकी र धिरज मगर फिचर्ड छन्। सुरेन्द्र पौडेल निर्देशन रहेको फिल्म बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो l

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्ममा धिरज र अदितिको अलावा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्म आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

भिडियो हेर्नुहोस् :-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।