राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज मुल्यवृद्धि तत्काल फिर्ताको माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएको छ ।
बढ्दो महंगी, भ्रष्टचारको विषयमा सरकारको ध्यानकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको राप्रापा धादिङका अध्यक्ष धु्रव प्रसाद खनालले बताउनुभयो । पार्टीको केन्द्रिय कार्यक्रम अन्तरगतकै कार्यक्रम भएको अध्यक्ष खनालले बताउनुभयो ।
यस्तै राप्रपाका नेता तथा कार्यकताले धादिङवेशींमा विरोध ¥यालीे समेत निकालेको थियो । मुल्यवृद्धि फिर्ता गर, संघियता खारेज गर, एमसिसि धोका हो लगायतका नारा लगाउँदै विरोध जनाएका थिए ।











