धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदी जाँदै गरेको स्वराज गाडी दुर्घटनामा परि घाईते मध्ये ५ जनालाई थप उपचारको लागि काठमाण्डौं लगिएको छ ।  शुक्रबार राति करिब १० बजे मलामी बोकेर जाँदै गरेको बा. ४ ख १२२९ नम्बर को स्वराज गाडी नीलकण्ठ नगरपालिका ८ मैदीभन्ज्याङमा आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा २६ जना घाईते भएका थिए ।

घाईते भएका २६ जना मध्ये गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय शिव कुमार श्रेष्ठ, वडा नम्बर ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धन बहादुर मगरको भने काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । ६ जनाको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचार पछि घर फर्किएका छन्।

चालकलाई भने प्रहरी नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी , धादिङ रेडक्रस , धादिङ सोसियल भोलेन्टियर, एम्बुलेन्स चालक समाज र स्थानीय जनताको सहयोगमा उद्वार गरिएको हो ।

Facebook Comments