२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नीलकण्ठ नगरपालिका ९ को विभिन्न समुदायमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण

नीलकण्ठ नगरपालिका ९ को विभिन्न समुदायमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण
सेयर गर्नुहोस्
०सेयर

धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ९ को विभिन्न समुदायका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

नीलकण्ठ नगरपालिकाको आयोजनामा मुरली भञ्ज्याङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाट ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । विहिबार वडाको काफलपानी, छाप, हटिया र निगालपानीका ज्येष्ठ नागकिहरुको स्वास्थ्य परिक्षण गरिएको मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीका प्रमुख पुजा श्रेष्ठले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य परिक्षण गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । यस्तै काफलपानीमा रहेको जलदेवि आधारभूत विद्यालयमा अध्ययनरत वालवालिकाको पनि स्वास्थ्य परिक्षण गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य परिक्षण कार्यक्रममा ज्येष्ठ नागरिकहरुको ब्लड प्रेसर, सुगर लगायत जाँच गरि आवश्यकता अनुसार निशुल्क औषधि समेत वितरण गरिएको छ । घरदैलोमै स्वास्थ्य सेवा पाएपछि स्थानिय ज्येष्ठ नागरिक खुशी भएका छन् ।

यस्तै भोली १० गते चिप्लेटी, झगरे र मुरलीभञ्ज्याङमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिने मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीले जनाएको छ । यस्तै १२ गते धारापानी, पाल्पा भञ्ज्याङ र फालेस्वाँरामा स्वास्थ्य परिक्षण गरिने छ ।

तस्विर : मुरली भञ्ज्याङ स्वास्थ्य चौकीको फेसबुक पेजबाट

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।