२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ अस्पताल परिसरमा निर्माण भएको मेन्ल्हा कु मुर्तिको समुद्घाटन

धादिङ अस्पताल परिसरमा निर्माण भएको मेन्ल्हा कु मुर्तिको समुद्घाटन
सेयर गर्नुहोस्
०सेयर

धादिङ अस्पताल परिसरमा निर्माण भएको शान्तीको प्रतिक गौतम बुद्धको स्वरुप मेन्ल्हा कु मुर्तिको समुद्घाटन गरिएको छ ।

मंगलबार प्रमुख लामा गुरु खेम्पो पेमा सम्बा लामा लगायत अन्य लामा गुरुहरुले पुजापाठ गरेर मुर्तीको समुद्घाटन गरिएको हो । अस्पतालमा आउने सेवा ग्राहीलाई गौतम बुद्धको दर्शन भए मनमा शान्ति हुने हुदा मुर्ति प्रतिस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो ।

अस्पतालको लगानी र बुद्ध धर्मप्रति आस्था राख्ने नेपालीहरु संकलित रकमबाट मुर्ति निमार्ण गरिएको हो । धादिङ अस्पताल व्यवस्थापन समितिका अधयक्ष महेन्द्र धमलाको विशेष पहलमा, महिणपा संघका अध्यक्ष छ्योईस्याङ तामाङ, मुर्ती निर्माण संयोजक विक्रम तामाङ पाल्छेन दोर्जे लामाको अग्रसरतामा मुर्ति स्थापना भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।