२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको घोषणा

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको घोषणा
सेयर गर्नुहोस्
०सेयर

चौतर्फी विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गर्दै करमा कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार डिजेलमा २९ रुपैयाँ, पेट्रोलमा २० रुपैयाँ कर कटौती गर्ने निर्णय सरकारले गरेको छ । अब डिजेल प्रतिलिटर १ सय ६३ र पेट्रोल १ सय ७९ रुपैयाँ पर्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको थियो ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमै भाउ बढेको भन्दै पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको थियो । उक्त निर्णय अनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजलरमट्टितेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ । कर छुट गर्ने सरकारको घोषणासँगै नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हेनगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।